
इन्डोनेसियामा ३७ वर्षीय एक पुरुषले आफ्ना छिमेकीलाई हँसिया र माशेट (एकप्रकारको बन्चरो) ले आक्रमण गरेका छन् । छिमेकीले मजाक गर्दै घरिघरि आफ्नो अनुहारमा आएर पादेपछि रिसाएर उनले आक्रमण गरेका हुन् ।
आक्रमण गर्ने व्यक्तिको नाम एएस भनेर चिनाइएको छ र उनलाई पश्चिम सुमात्रा प्रान्तको पादाङ शहरमा पक्राउ गरिएको छ । उनले छिमेकीलाई गत मंगलवार आक्रमण गरेका थिए ।
छिमेकी एफजीको स्थिति गम्भीर छ भने उनकी पत्नी एनआरडीको हात र कानमा चोटपटक लागेको छ ।
प्रहरीका अनुसार, निर्माण कामदार एसलाई एफजीले मजाक गर्दै अघिल्लो साता अनुहारमै पादेका थिए ।
एएस रिसले मुर्मुरिएका थिए र आक्रमणको योजना बुनिरहेका थिए । घटनाको दिन बिहान ७ बजे छिमेकी सुतिरहेका बेलामा घरमा पसेर उनले आक्रमण गरेका थिए ।
उनले एफजीको टाउको र छातीमा म्याशेटले हिर्काएका थिए । हल्लाखल्ला भएपछि एफजीकी पत्नी आइपुगेकी थिइन् ।
उनले आक्रमण रोक्न खोज्दा उनलाई पनि चोटपटक लागेको थियो ।
पछि स्वास्थ्यकर्मीहरूलाई बोलाइयो अनि पतिपत्नीलाई नै अस्पताल लगियो ।
एएसलाई त्यसपछि पक्राउ गरियो । उनले आफ्नो अनुहारमै आएर पादेकाले रिस उठेर छिमेकीलाई आक्रमण गरेको स्वीकारे ।
‘अरू कुनै समस्या छैन, उनीहरूले अघिल्लो साता मेरो अनुहारमा पादेका मात्र हुन्,’ उनले भने ।
आफू छिमेकीहरूसँग कहिल्यै नजिक नभएको र उनीहरूसँग हँसीमजाक गर्ने नगरेको उनले बताए । अर्थात् पाद्ने घटनाले उनलाई अपमानित अनुभव गरायो ।
एएसमाथि ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ र आठ वर्षसम्मको सजाय दिइने सम्भावना छ ।
प्रहरीले यस घटनाका पछाडि अर्को कारण पनि छ कि भनी अनुसन्धान गरिरहेको छ ।
एफजी अस्पतालमा बसेर निको भइरहेको र उनको स्वास्थ्य गम्भीर नरहेको बताइएको छ ।लोकान्तरबाट साभार