काठमाडौं / सुन्दर बन्न सबैलाई रहर हुन्छ । सुन्दरताले नै धेरैलाई लोभ्याउने हुदा सुन्दर हुने इच्छा सबैमा हुन्छ । तर आवश्यकताभन्दा धेरै सुन्दरता भएमा पनि बिभिन्न समस्या आउन सक्छ । यस्तै कम्बोडियामा एक युवतीलाई पनि यस्तै समस्या परेको छ । ती युवती आवश्यकताभन्दा धेरै सुन्दरता भएकै कारण समस्यामा परेकी हुन् ।

कम्बोडियाकी २६ वर्षकी डेनी ख्वान माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनी आवस्यकता भन्दा बढी सुन्दर भएकाले नै सरकारले फिल्म खेल्न प्रतिबन्ध गरेको हो । उनका तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।

फेसबुकमा धेरै नै फलोअर्स भएकी उनले आफ्ना बोल्ड तस्वीरहरु शेयर गर्ने गर्छिन् । तस्वीरकै कारण उनी फिल्म खेल्न नपाउने भइन् । तर उनले भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् ।क्यानाडानेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय