#

के तपाई असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? त्यसोभए यी ४ चिज अवश्य चेक गर्नुस्

  एजेन्सी   २०७६ माघ १३, सोमबार १३:५२ मा प्रकासित

के तपाई असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? त्यसोभए यी ४ चिज अवश्य चेक गर्नुस्
मिडिया एनपीप्रकाशित मिति: , ०, ००७:२७0
काठमाडौँ । विवाह एक ब्यक्तिको महत्वपूर्ण कुरा हो । कुनै पनि ब्यक्तिले विवाहको फैसला गर्नुअघि धेरै पटक सोच्नुपर्छ । यदि तपाईको असल ब्यक्तिसँग सम्बन्ध गाँसिएमा भविष्य एकदमै रोमान्टिक र सुखद हुन्छ । साथै भावनात्मक रुपमा सुख र शारिरिक रुपमा पनि आनन्द प्राप्त हुन्छ । वास्तवमै विवाह गाह्रो र निकै चुनौतीपूर्ण हुन्छ । यदि जीवनमा कुनै खराब ब्यक्तिसँग सम्बन्ध गाँसिएमा पुरै जीवन ध्वस्त हुन्छ । त्यसैले विवाह गर्नुअघि आफ्नो जीवन साथीको छनोट गर्दा धेरै पटक सोच बिचार गरेर मात्र फैसला गर्नुपर्छ । जान्नुस् असल जीवनसाथी छान्ने सजिलो उपाय

दुवैजना समान हुनुपर्छ
विवाह गरेपछि दुवै जनाको बराबर हक भएकाले दुवै जना सामाजिक ,सास्कृतिक र राजनिनिक रुपमा समान हुनुपर्छ । किनभने जीवनमा खुसी हुनको लागी दुवै जनाको एउटै सोच हुन जरुरी छ । यदि तपाईले रोजेको साथीसँग आफ्नो रुची ,ब्यवहार र सोच मिल्यो भने सम्झनुस् त्यो जीवसाथी बन्न लायक छ ।

जसले तपाईलाई विशेष सोच्छ,
जसले तपाईसँग समय बिताउनको लागी साथी जस्तै आनन्द मान्दछ । जसले तपाईलाई मन पर्ने कुराहरु मात्र गर्दछ भने सम्झनुस् त्यो तपाईको जीवनसाथी बन्न सक्छ । किनभने एक असल सम्बन्धको लागी एक अर्कालाई बुझेर ,सम्मान ब्यवहार हुन जरुरी छ । त्यति मात्र होइन् , यदि तपाईलाई कसैले आँखा चिम्लेर विश्वास गर्छ भने सम्झनुस् त्यो असल जीवनसाथी हो ।

कोही ब्यक्तिको उपस्थिति तपाइको लागी आनन्दमय हुनु
यदि कुनै ब्यक्तिको उपस्थिति तपाईको लागी निकै आरामदायक र सन्तुष्ट महसुस हुन्छ भने त्यो विशेष हुन्छ । तर कुनै ब्यक्तिलाई देख्दा नराम्रो महसुस हुन्छ वा भावनाहरु एक अर्कामा मिल्दैन् भने सम्झनुस् यो सम्बन्ध लामो समयसम्म टिक्दैन् ।

जसमा सामान्य झगडा र एक अर्काको कुराको आदार हुन्छ
सामान्य झगडा , तर्क र विवाद दुई सम्बन्धबीचको महत्वपुर्ण पक्ष हो । सम्बन्धमा सहमति र असहमति हुनु पनि स्वभाविक कुरा हो । किनभने दुइजनबीच कहिलेकाँही झगडा हुनु र रमाइलो कुराकानी भएन भने सम्बन्धमा रहनुको मजा नै हुदैन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु