काठमाडौं / आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ ।आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
सोमबार सुन तोलामा ५ सय रुपैयाँ बढेको थियो ।
आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो।




