एजेन्सी/ भनिन्छ प्रेम अन्धो हुन्छ । यसले जात, धर्म, जाती, उमेर, समाज केही पनि हेर्दैन । यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ । भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ । छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो कदमपछि छोरा–छोरीको विवाह टुटेको छ ।

यो घटना सोसल मिडिया र भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । दुबै परिवारको तर्फबाट पुलिस थानामा हराएको रिपोर्ट दर्ता भएको छ ।

एक निर्माण व्यवसायी राजनीतिक पार्टीकी कार्यकर्तासँग जनवरी १० तारिखमा भागेको भारतीय संचार माध्यम भास्करले बताएको छ । अहिलेसम्म उनीहरुबारे केही जानकारी पत्ता लागेको छैन । यसले दुई परिवारको चिन्ता बढाएको उल्लेख गरिएको छ । निर्माण व्यवसायीको ती महिलासँग विवाह अघि नै प्रेम सम्बन्ध रहेको र विशेष कारणवश उनीहरुले भिन्न व्यक्तिसँग विवाह गरेको बताइन्छ ।

विवाहपछि पनि उनीहरुबीचको प्रेम सम्बन्ध कायम रहेको र यसलाई थप प्रगाढ बनाउनका लागि यी दुईले आफ्नो छोरा छोरीको पनि विवाह गर्ने निर्णय लिएको स्रोतले उल्लेख गरेको छ । छोराछोरीको भ्यालेन्टाइन्स डेमा विवाह हुने निश्चित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah