रुसको स्वेर्दलोभ्स्क क्षेत्रमा एक महिलाले आफ्नो नवजात शिशुलाई वाशिङ मशिनमा राखेपछि शिशुको मृत्यु भएको छ । महिलामाथि हत्याको मामिलामा अनुसन्धान चलिरहेको छ ।

कपाल काट्ने व्यवसायमा रहेकी नादेझ्दा जाभियालोभाले समयअगावै (प्रिमच्योर) चौथो शिशु जन्माएको रुसी अधिकारीहरूले बताए ।

पत्नीलाई रगतपच्छे देखेपछि पति डेनिसले एम्बुलेन्स बोलाएका थिए । प्रहरीको स्रोतले शिशुलाई वाशिङ मशिनमा राखिएको कुरा पुष्टि गरे ।

आमा अहिले अस्पतालमा छिन् र बच्चा पूर्ण विकसित नभइकन जन्मेको बताइन् । उनका विरुद्ध नवजात शिशुको हत्याको मुद्दा लगाइएको छ । रुसको अपराध संहिताको धारा १०६ अनुसार हत्या साबित भएमा पाँच वर्षसम्मको कारावास सजाय हुन सक्छ ।

नादेझ्दा आफ्नो शहरमा लोकप्रिय हेयरड्रेसर थिइन् र साथीहरूले उनलाई असल आमा भनी वर्णन गरेका थिए । पहिलेको विवाहबाट उनको एक छोरो छ भने अहिलेका पतिबाट दुई छोरी छन् ।

नादेझ्दाकी साथी एलेना फिर्तसेभाले भनिन्, ‘नादेझ्दा मेहनती र स्याहारसुसार गर्ने आमा हुन् । बच्चालाई मार्नुपर्ने त्यो पनि यति क्रूर तरिकाले मार्नुपर्ने कुनै कारण थिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah