बलिउड अभिनेत्री सन्नी लियोनी अब निर्माता पनि बन्ने भएकी छन्। उनको निर्माणमा बन्ने पहिलो फिल्मको सुटिङ शुरू भइसकेको छ। तर उनले फिल्मको नाम खुलाएकी छैनन्।

यसै वर्ष फिल्म रिलिज गर्ने भएकाले सन्नी उत्साहित छन्। फिल्मको काममा उनका श्रीमान् ड्यानिअल वेबरले पनि सघाइरहेको जनाउँदै उनले भनेकी छन्, ‘मेरो फिल्ममा सामाजिक सन्देश छैन। यो साइकोलोजीकल थ्रिलर फिल्म हो।’

सन्नीलाई बलिउडमा स्थान बनाउन निकै संघर्ष गर्नु परेको थियो। अब निर्माताका रूपमा पनि निकै संघर्ष गर्नुपर्ने उनको बुझाइ छ। सन्नीले वस्तविकता दर्शाउँदै भनेकी छन्, ‘बलिउडमा सलमान, आमिर र शाहरुख वा उनीहरूकै स्तरका ठूला फिल्मवालाहरूलाई बाहेक अरूलाई निश्चित बजेटमै खुम्चिनुपर्ने बाध्यता हुन्छ।’

सन्नीले आफूसँग कुनै इगो नरहेको जनाउँदै सुटिङ स्पटमा जरुरी परे अरूलाई चिया बाँड्न पनि तयार रहेको अभिव्यक्ति दिएकी छिन्। उनले भनेकी छन्, ‘मेरा लागि सबै बराबर हुन्। त्यसैले हाम्रो फिल्म निर्माण र सुटिङ निकै रोचक भइरहेको छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah