हिन्दू धर्मग्रन्थहरु मध्येको सवैभन्दा ठूलो ग्रन्थ महाभारत हो । जसलाई पाँचौ वेदसमेत मानिन्छ ।

महाभारतमा आर्य संस्कृतिको अनुपम ग्रन्थ पौराणिक ऐतिहासिक तथा दार्शनिक ग्रन्थको रुपमा लिइन्छ । विश्व प्रसिद्ध भगवद्गीता पनि महाभारतकै अंश हो ।

कौरव र पाण्डबबीच कुरु क्षेत्रमा भएको युद्धको सुरुवातमा नै भगवान कृष्णले पाण्डुपुत्र अर्जुन मार्फत सम्पूर्ण मानवजातीलाई दिएको उपदेशको रुपमा गीतालाई धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
महाभारतमा विभिन्न प्रसंगहरु छन् ।

यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ ।

राजा पाण्डुले आफ्नो मासु खान भने पाण्डवहरुलाई

हस्तीनापुरको सीमा क्षेत्रलाई राजा पाण्डुले निकै विस्तार गर्दै चक्रवर्ती राजा बनेका थिए । काशी, अंगदेश, मगद लगातका धेरै लराज्यलाई पाण्डुले हस्तिनापुरमा गाभेका थिए ।

आफ्नो सीमा विस्तार गरेर राजकाज सम्हामल्न आएका राज पाण्डु युद्धको थकान मेट्नका लागि रानीहरुलाई लिएर वनमा जान्छन् ।

र राजकाजको जिम्मा आफू फर्केन नआउने बेला सम्मका लागि दाजू धृतराष्ट्र (जो आँखा देख्दैन थिए, जसका कारण राजा वन्ने अवसर पाएका थिएनन्, कुरु वंशमा जेठो भएपनि उनी राजा बन्न पाएका थिएनन् ।) लाई दिएका थिए ।

वनमा आराम गर्न गएका पाण्डु एउटा समस्यामा पर्छन् । ऋषि किन्दमको श्रापका कारण राजा पाण्डूको पत्नीसँगको संगमको क्रममा निधन हुन्छ ।

पाण्डवका पाँच छोरा थिए । जसमा युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल तथा सहदेव ।

पाण्डव ज्ञानी थिए । उनको अन्तिम इच्छा थियो की उनका पाँच छोराले उनको मृत शरीरलाई खाउन् ताकि उनीहरुले ज्ञान आर्जन गर्न सकुन् जो ज्ञान उनले पाएका थिए । त्यो ज्ञान छोराहरुमा जावस् भन्ने पाण्डुको इच्छा थियो ।

उनको निधनपछि पाण्डुपुत्रहरुले बाबुको शरीर खान मानेनन् ।

तर सहदेवले भने आफ्ना पिताको इच्छा पालन गर्नका लागि मस्तिष्कको तीन हिस्सा खाएका थिए । पहिलो टुक्रा खानासाथ सहदेवलाई इतिहासको ज्ञान भएको थियो । दोस्रो टुक्रा खानासाथ उनलाई वर्तमान र तेस्रो टुक्रा खानासाथ भविष्यको ज्ञान भएको थियो ।

भविष्यबारे जान्दा जान्दैपनि उनले महाभारत युद्धलाई रोक्न सकेनन् । किनकी भगवान कृष्णले उनलाई श्राप दिएका थिए । यदी सहदेवले भविष्यलाई हेर्दै महाभारत युद्ध हुन्छ भन्ने बताएको क्षणमा नै उनको मृत्यु हुनेथियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय