प्रजनन विज्ञहरुले ढिला गर्भवती हुँदा महिलाहरु निःसन्तान हुनसक्ने चेतावनी दिएका छन् । तर पोर्चुगल कोइब्रा युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानले भने ढिला आमा बन्ने महिलाहरुका लागि खुसीको कुरा पत्ता लगाएको छ । यो नयाँ अध्ययनको नतिजाअनुसार जुन महिला ढिला आमा बन्छन् उनीहरुको आयू २० वर्षकै उमेर वा त्योभन्दा कम उमेरमा आमा बन्ने महिलाको तुलनामा लामो हुन्छ ।

केही अघि जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो अध्ययनको नतिजा निकै प्रासंगिक छ, जसले देखाउँछ कि जुन महिलाहरु ढिला गर्भवती हुन्छन् । विशेषगरी पहिलोपटक आमा बन्ने क्रममा उनीहरुको जीवन लामो हुन्छ, र उनीहरु बढी बाँच्छन् ।’

महिलाहरुको जीवनकाल निर्धारित गर्ने विभिन्न फ्याक्टरहरुमा सबैभन्दा आश्चर्यजनक फ्याक्टर त्यो उमेर हो जसमा महिलाहरु गर्भवती हुन्छन् । यसबाट ३० वर्षमा गर्भवती हुने प्रचलनमा बढावा मिल्नेछ ।

मोनोपज जर्नलमा प्रकाशित एउटा अर्को अध्ययनमा पनि जुन महिला ३३ वर्ष वा त्योभन्दा बढी उमेरमा आमा बन्छन् उनीहरुको डीएनएमा दीर्घायुको चिन्ह तीनगुण बढी हुने गर्दछ ।

तर, यो दुवै उमेरमा बढी उमेरमा आमा बन्दा महिलाको आयु कसरी लामो हुन्छ भन्ने विषयमा भने कुनै स्पष्टिकरण दिइएको छैन ।

जुन महिला बढी उमेरमा गर्भवती बन्छन् उनीहरु पढेलेखेका हुन्छन् र सुविधा सम्पन्न हुन्छन् ।

यसप्रकारका महिलाहरु स्वस्थ जीवनशैली अपनाउन सक्छन् । जसका कारण उनीहरुको जीवनकाल अन्य महिलाको तुलनामा बढ्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय