काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार तोलामा ७६ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु ३०० घटेर तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलमा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा रु १० बढेर तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय