कहिलेकाहीँ सोच्ने गर्छु, पहिलो प्रेम भुल्न किन गाह्रो हुन्छ होला ? हुन त धेरै जसो प्रेम कहानीमा पहिलो प्रेमलाई नियाल्ने हो भने धेरै जसो बचपनाले भरिएको हुन्छ। जुन प्रेममा मेरो बचपना हुन्छ, त्यो प्रेम सफल नभए पनि सम्झँदा दुवैको अनुहारमा खुसी अवश्य आउँछ। जुन प्रेममा स्वार्थ हुन्छ, त्यहाँ धोका पाउने व्यक्ति सधैँ पीडामा हुन्छ तर यी कुरा सोच्दै गर्दा मेरो प्रेम चाहिँ के थियो भन्ने लागिरहन्छ।

मैले एउटा असल प्रेमी गुमाएँ कि साथी मैले अहिलेसम्म बुझ्न सकेको छैन। कहिलेकाहीँ सोच्ने गर्छु, प्रेम भन्ने चिज बीचमा मैले नल्याएको भए जाती हुन्थ्यो कि !

हाम्रो मित्रताको पाँच वर्ष बितिसक्दा पनि मैले उनलाई बिर्सन सकेको छैन। मैले परिवारपछि प्रेम गर्न कसैसँग सिकेको थिएँ त सिर्फ उनीसँग। मेरो केटी साथी अहिले पनि त्यत्ति धेरै छैनन् या छैनन् भन्दा पनि हुन्छ।

स्कुल पढ्ने बेलाका छ÷सात जना साथीबाहेक अरुसँग म खासै बोल्दिनथेँ, बोले पनि एकोहोरो जवाफ दिन्थेँ। ब्याचलर लेभलमा पढ्दा पनि पारा पहिलेकै छ। केही परिवर्तन हुन सकिनँ। अहिले पनि त नयाँ केटी साथी एकदम कम छन्, त्यही तीन चार जना त हो !

समय आफ्नै रफ्तारमा हिँडिरह्यो तर म हिँड्न सकिनँ। समयले सधैँ जिस्काइरहेको छ। जिन्दगीमा इच्छा अनेक थिए, जसमा सायद १५ प्रतिशत पनि सफल गर्न सकिनँ। मैले आजसम्म आउँदा धेरै दुःख पाएँ, मेरै कारण परिवारले पनि दुःख भोग्नुप-यो। म एउटा असल छोरा हुन सकिनँ त कसरी एक असल प्रेमी हुन सक्थेँ !
मेरा अरु जति पनि साथी छन्, मैले उनीहरुका लागि पनि गरेकै हो। मेरा साथीहरु कम भएकाले मैले उनीहरु सबैलाई राम्रै गर्थें तर जिन्दगीको यात्रामा अनेक साथी भेटिए। त्यसमा दुई जनालाई खासगरी कहिल्यै बिर्सन सक्दिनँ। पहिलो, मेरो फस्ट लभ र अर्को मेरो मिल्ने साथी।

आजभोलि लाग्छ, न म एक असल छोरा हुन सकेँ, न एक असल प्रेमी, अनि एक असल मित्र पनि हुन सकिनँ ! अनि फेरि सोच्ने गर्छु, मैले उनीहरुलाई गुमाएँ कि उनीहरुले मलाई ?

विदेश आएको छु तर न घरमा पैसा पठाउन सकेको छु, न यहाँ रमाउन ! राम्रो देशमा आएको भन्नु मात्र छ। कहिलेकाहीँ पुराना तीतामीठा कुराले धेरै पोल्छ। तर बिर्सनै पर्छ मैले। त्यसैले बिर्सने कोसिसमा छु।
स्रोतः नेप्लिज टिनेजर्स कन्फेसन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah