काठमाडौं/ आज साताको पहिलो दिन आइतबार सुनको भाउ फेरि बढेकाे छ ।आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीका भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय