काठमाडाैं/ नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ ।सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी सोमवार चाँदीको मूल्य भने केही बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।