काठमाडौं । चाणक्य नीतिमा कस्तो महिलासँग विवाह गर्दा राम्रो हुन्छ भन्ने बारे बताएको छ । महिलाहरुको स्वभाव,उनीहरुको सोच, ब्यवहारका बारे बिचार गरेर विवाह गर्नुपर्ने आचार्य चाणक्यले बताएका छन् । चाणक्य भन्छन्,’ महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन । महिलाले कुनै पनि कुरा लामोसमयसम्म मनमा राख्न सक्दैनन ।’

वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् ।
रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’

श्लोकमा आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कुनै पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । साथै उनले त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् ।

विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने चाणक्य बताउछन् । अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ ।

राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्य बताउछन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ ।

चाणक्य भन्छन्,’ स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah