काठमाडौं : त्रिशुली नदीमा दुर्घटना भएको गाडी सहित वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको दाह संस्कार गरिएको छ। वेपत्ता भएका घिमिरे र उनका दुई भाइ अव जिवित फर्कने आशा मारेका परिवारले कुशको प्रतीक बनाउँदे पशुपति आर्यघाटमा दाह संस्कार गरेका हुन्।

मुस्ताङबाट काठमाडौं आउँदे गर्दा पृथ्वी राजमार्गको चितवनस्थित दारेचोकमा जिप दुर्घटना हुँदा उनका आमा र अन्य दुईको मृत्यु भएको थियो। दुर्घटनामा एकजनाको जिवितै उद्दार गरिएको थियो। बा ९ च १५३१ नम्बरको गाडी गत आइतबार त्रिशुलीमा खसेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झन्डै साता पूरा हुन लाग्दासमेत घिमिरे फेला नपरेपछि दाह संस्कार गरिएको हो। हिन्दु परम्परा अनुसार वेपत्ता भएको व्यक्ति मृत भएको ठहर गर्दै कुसको शव बनाएर जलाइने गरिन्छ। त्यसैअनुसार दाह संस्कार गरिएको हो।

(फोटो : पत्रकार सुजित महतको ट्विटबाट)