काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

यता बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।