नेपाल राष्ट्र बैंकले आइतबार (माघ २६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।