
एजेन्सी । अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डे एकाएक चर्चामा आइन् । कारण थियो उनी एउटा सुँगुरसँग गहिरो प्रेममा परिन् ।
उनले सुँगुरको प्रेममा परेपछि आफ्नो प्रेमिकालाई ब्रेकअप दिन पुगिन् । एरियाना आफ्नो घरपालुवा सुँगुरलाई अत्यन्त प्रेम गर्थिन् । करिब पाँच महिना पहिले एरियाना ग्राण्डेले अमेरिकी हाँस्यकलाकार तथा अभिनेता पेट डेभिडसनसँग इंगेजमेन्ट गरेकी थिइन् ।
तर एकाएक उनीहरुबीच ब्रेकअप हुन पुगेको थियो । जब डेविडसनले उपहारस्वरुप एरियानालाई सुँगुरको बच्चा दिए त्यसपछि उनीहरुबीच झगडा सुरु भएको थियो ।
अन्ततः उनीहरुले आफ्नो विवाहलाई तोडे । सम्बन्ध तोडेपछि एरियानालो डेविडसनका सम्पूर्ण उपहारहरु फिर्ता दिनुपर्यो । एरियानाले करिब ६८ लाख रुपयाँ मूल्य पर्ने औंठी पनि फिर्ता दिइन् तर उनले त्यस सुँगुरको बच्चालाई भने फिर्ता दिइनन् ।



