आज फेब्रुअरी १३ अर्थात् भ्यालेन्टाइन सप्ताह अन्तर्गत आज किस डे । यो दिनलाई सबैभन्दा रोमान्टिक दिनको रूपमा लिने गरिन्छ । आजको दिन मायालु जोडीहरूका लागि खास दिन पनि हो ।
यो दिन माया गर्ने प्रेमी तथा प्रेमिकाका लागि विशेष दिननै हो । आजको दिन प्रेमी-प्रेमिकाले एकअर्काबीच चुम्बन गर्दै माया देखाउँछन् ।
आजको दिनमा आफ्नो प्रेमी वा प्रेमिकाबीच चुम्बन गरे माया अझ गहिरो हुँदै जाने विश्वास छ ।
चुम्बन स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताइन्छ । १० सेकेन्ड चुम्बन गर्दा ८ करोड ब्याक्टेरिया आदानप्रदान हुन्छन् । ती ब्याक्टेरिया शरीरका लागि फाइदाजनक हुन्छन् । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।




