जापानको एक कम्पनिले पुरुषको लागी अचम्मको जागिर दिने भएको छ । एउटी महिला थाकेको समयमा एउटा स्मार्ट पुरुषले महिलाको आँखामा भएको आँसु पुछेर सेवा गर्ने पुरुषको खोजी गरिने बताइएको छ ।

जापानको राँकेट इंक कम्पनीले यस्तो नयाँ तरिका ल्याएको हो । उक्त कम्पनिमा नियुक्ती लिने पुरुषले महिलाको आँखाको आँसु पुछिदिने छन् । यो कम्पनीका फाउन्डर हिरोकी तेराईले थाकेको महिलालाई आँसु पुछिदिने पुरुष भए बढी आनन्द महसुस हुने बताएकी छिन् ।

उनले आफ्ना महिला कर्मचारीहरुलाई सुन्दर पुरुषले रुमाल समातेर सेवा गरिरहेदा खुशी लाग्ने बताएकी छिन् ।
काम गर्दा थाकेर महिलाहरु बाथरुममा गई रुने गरेका कारण काम नै प्रभावित हने भएकाले बोर्ड निर्देशकले यस्तो किसिमको कार्यक्रमको योजना ल्याएका थिए ।

यो पनि पढ्नुहोस

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।कुनै रमाइलो कुरामा जिस्किदा, साथीहरुबीच ठट्ठा गरेर कुराकानी गर्दा वा चुड्किला सुन्दा मानिसलाई हाँसो लाग्छ ।

कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सिएकै हुन्छौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।सधै हाँस्ने बानी भएपनि तपाईलाई हाँस्दा हुने फाइदाबारे थाहा छ कि छैन ? यदी छैन भने आज हामी तपाईलाई हाँस्दा हुने फाइदाको बारेमा जानकारी दिदै छौं ।

हाँस्दा हुने फाइदा यस्तो छ

हाँस्दा मनोविकार हट्छ

तपाईको मनमा कुनै कुन्ठा, आवेग, दुःख,पीडा तथा इर्श्या छ भने दिल खोलेर हाँस्नुस् हाँस्दा तपाईको मनमा भएको कुण्ठा, आवेग, दुःख पीडा तथा इर्श्या हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ

हाँस्दा धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनले क्यान्सरजन्य कोषिका र अन्य हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट गर्छ । हाँसेको समयमा गहिरो श्वास लिइन्छ । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग भइरोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

कम्मर दुखाइबाट आराम

तपाईलाई कम्मर दुख्ने समस्या छ भने हाँस्ने गर्नुस् हाँस्दा कम्मरको दुखाइ कम हुन्छ ।

व्यायाम हुन्छ

हाँस्नु पनि व्यायाम गर्नु जस्तै हो । हाँस्दा हृदयको एक्सरसाइज हुन्छ र रक्तरञ्चार प्रवाह राम्रो हुन्छ । धेरै खुसी रहने तथा हाँस्ने मानिसलाई हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

तनावमा मुक्ति

हाँस्ने मानिस सधै खुसी रहन्छ । खुसी मानिसले तनावलाई सजिलैसँग व्यवस्थापन गर्न सक्छ । त्यसैले तनाव व्यवस्थापनका लागि पनि हाँस्नु फाइदाजनक छ ।

जवान देखिन

दिल खोलेर हाँस्ने मानिसको अनुहारको मांसशेपीले राम्रोसँग काम गर्छ । जसले गर्दा तपाईको अनुहारमा रक्तप्रवाह राम्रौ हुन्छ । त्यसैले हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय