इजरायली सेनाले आफ्ना अनेकौं सैनिकहरूको स्मार्टफेनमा युवतीहरूको तस्वीर पठाएर ह्याक गरिएको जनाएको छ ।

सेनाका एक प्रवक्ताका अनुसार, सैनिकहरूलाई युवतीको तस्वीर पठाइयो र एक याप डाउनलोड गर्न फकाइयो ।

उक्त यापले फोन ह्याक गर्न सक्छ भन्ने कुरा सैनिकहरूलाई थाहा थिएन ।

हमास समूहका मानिसले यो ह्याकिङ गराएको इजरायली सेनाको भनाइ छ ।

गाजामा नियन्त्रण जमाउनका लागि हमास र इजरायलबीच लामो समयदेखि संघर्ष जारी छ ।

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार, इजरायली सैनिकहरूको फोन ह्याक गर्ने प्रयास हमासले तेस्रोपटक गरेको हो ।

उनले भने, ‘उनीहरू ह्याकिङको नयाँ नयाँ प्रविधि सिकिरहेका छन् र क्षमतालाई बढाइरहेछन् ।’

कर्नेल कार्निकसका अनुसार, ह्याकरहरूले फाटफुट हिब्रु बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीहरूको भेष बनाए । इजरायली सैनिकहरूसँग मित्रता गाँसेपछि युवतीहरूले लिंकहरू पठाए र त्यसमार्फत आफ्नो तस्वीर पठाउने भने ।

तर त्यो एक भाइरस थियो जसले स्मार्टफोन ह्याक गर्न सक्थ्यो ।

एकचोटि क्लिक गरेपछि ती लिंकहरूले ह्याकरहरूलाई स्मार्टफोनका डेटा, लोकेसन र तस्वीरहरूमा पहुँच दिलाउँछ ।

यसबाट फोनलाई नियन्त्रण पनि गर्न सकिन्छ र प्रयोगकर्ताले थाहा नपाइकनै उसका तस्वीर र आवाजहरू रेकर्ड गर्न सक्छ ।

इजरायली सेनालाई यस षड्यन्त्रका बारेमा महिनौंअघि नै थाहा लागेको र आफ्नो निगरानीमा यसलाई चल्न दिएको कर्नेल कार्निकासले बताए । पछि यसलाई बन्द गरियो ।

इजरायली सेनाले आफ्ना सैनिकहरूलाई सतर्कतापूर्वक स्मार्टफोन उपयोग गर्न चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय