नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन ८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९५ पैसा रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा र बिक्रीदर २७ रुपैयाँ ५८ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः