दक्षिण कोरियामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या एक दिनमा दोब्बर बढेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्। शुक्रबार २०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा शनिबार संक्रमितको संख्या २२९ ले बढेर ४३३ पुगेको छ।

उपस्वास्थ्यमन्त्री किम ग्यांग–लिपले कोरोनाको प्रकोप ‘गम्भीर चरण’ मा प्रवेश गरेको बताएका छन्। दक्षिण कोरियामा कोरोना संक्रमणबाट अहिलेसम्म दुईजनाको मात्रै मृत्यु भएको छ। र, यो संख्या व्यापक रुपमा वृद्धि हुनसक्ने अनुमान गरिएको छ।

कोरियामा विशेषगरी देगु र चेयोंगो सहरमा कोरोनामा संक्रमण फैलँदो छ। यी दुवै सहरलाई सरकारले ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरेर आवागमनमा रोक लगाएको छ। मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर नआउन भनिएको छ।

यसैबीच, कोरियामा रहेका नेपालीमा कोरोनाको संक्रमण नरहेको त्यहाँको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कोरोनाको संक्रमण फैलिएको देगु सहरमा रहेका करिब १२ सय ५० नेपालीहरु सुरक्षित छन् । नेपालीहरु अहिलेसम्म सुरक्षित भए पनि जोखिममा भने रहेको दूतावासको भनाइ छ ।

केही नेपाली स्वदेश फर्कन चाहेका छन्। देगु सहरमा कार्यरत एक नेपाली कामदारले फेसबुक म्यासेन्जरमा भने, ‘सरकारले हामीलाई फिर्ता लैजान्छ भने हामी फर्किन्छौं ।’ उनका अनुसार दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई भरसक कोठाबाहिर ननिस्कन भनेको छ । साथै सरसफाइमा ध्यान दिन र खानेकुराको परहेज राख्न आग्रह गरेको छ ।

त्यहाँका कम्पनीहरुले कामदारको ज्वरो नियमित रुपमा नाप्ने र तापक्रम बढेको देखिए दुई साता घरमै बस्न छुट्टी दिने गरेका छन्। साथै कम्पनीहरुले कोही दोस्रो व्यक्तिलाई आफू बस्ने कोठामा नल्याउन पनि भनेका छन्।

देगु सहरमा चहलपहल घटेको छ । बाटोमा, रेष्टुराँमा, सपिङ मलमा मानिसहरुको मुभमेन्ट निकै कम भएको त्यहाँ रहेका नेपालीले बताएका छन्।

कोरियाभर करिब ४० हजार कामदार, २५ सयजति विद्यार्थी र एक हजारको हाराहारीमा अन्य कामको सिलसिलामा नेपालीहरु रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah