हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। २९ वर्षीया नेपाली महिलाले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित एक निजी आवासीय भवनको ७ तला अग्लो छतबाट हाम फालेकी हुन्।

घटनाको प्रत्यक्षदर्शीहरुका अनुसार दुर्घटना पूर्व ति महिलाको अनौठो गतिविधि देखे्पछि सहयोगको लागि प्रहरीलाई खबर गरिएकाे थियाे।प्रहरीको उपस्थिति स‌ँगै उद्दारकर्मीहरुको अनुरोध पश्चात उनी सुरक्षित स्थानमा फर्किन राजी भएकी थिईन्। तर फर्कने क्रममा अचानक सन्तुलन गुमे पछि उनी खस्न पुगिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडकमा टाउको बजारिर घाइते भएकी ति महिलालाई उपचारका लागी एम्बुलेन्सद्वारा नजिकको रोतोन्जी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइए पश्चात तिनलाई मृत घोषणा गरिएको थियो।

प्राप्त जानकारी अनुसार मृतक बृृृषिका राई धरान चौकिबारी निवासी हुन्। पुर्ख्यौली घर खोटाङ भएकी उनी लामो समयदेखि परिवारबाट एक्लैै हङकङमा बस्दै आएकी थिइन्। अविवाहित बृषिकाका एक दाजु र बाबा आमाहरु बेलायतमा बस्दै आएका तथा एउटी दिदी सिंगापुरमा रहेको मृतकका आफन्तले बताएका छन्।

आत्महत्या गर्नु पूर्व मृतकले फोन मार्फत सिंगापुरमा रहेकी आफ्नी दिदीसँग लामो कुराकानी गरेको समेत खुल्न आएको छ। आत्महत्याको रहस्यबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।

मृतकको पार्थिव शरीर नेपाल लैजाने तयारी भइरहेको उनका आफन्तहरुले बताएका छन्। खोटाङ समाजका पूर्व अध्यक्ष अधिराज(प्रकाश) राईले नेपालखबरसँग भने 'मृतकका पारिवारका सदस्यहरु हङकङमा नभएकोले साइनोले भेना पर्ने ब्यक्तिसँग मृतकको पार्थिव शरीर नेपाल लैजान बन्दोबस्त गरिरहेका छौँ।'

मृतकका बाबा आमा बेलायतबाट सिधै नेपाल जान लाएको समेत राईले बताए। निजलाई नजिकबाट चिन्नेहरुले मृतक डिप्रेसनका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छन्। उनी एकान्तमा बस्न रुचाउने, भिडभाडमा झर्कने, अरुको कुरामा दिलचस्पी नराख्ने, अस्वाभाविक कुराहरु गर्ने जस्ता जानकारी भएको छ।

हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ। हरेक १ लाख मध्ये १२ जनाले आत्महत्या गरेर ज्यान गुमाउँछन्। आत्महत्या गर्नेमा महिला भन्दा पुरुषकाे संख्या दोब्बर रहेको छ। हरेक १ लाख पुरुषहरुमध्ये १६.२ ले आत्महत्या गर्ने गरेका छन भने १ लाख महिलाहरुमा ८.८ ले आत्महत्या गरेको तथ्यांक रहेको छ। नेपाल खबर बाट