
भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा रहेको सिरवारिया गाउँका प्रमुखले मृतकको मृत्यु प्रमाणपत्रमा उज्ज्वल भविष्यको कामना गरेका छन् ।
लामो समय ज्वरोले थलाएपछि गत माघ ८ गते लक्ष्मी शंकरको मृत्यु भएको थियो ।
उनका छोरा गाउँप्रमुख बाबुलाललाई भेट्न गए अनि मृत्यु प्रमाणपत्रको निवेदन दिए । उनलाई आर्थिक विनिमयका लागि मृत्यु प्रमाणपत्र आवश्यक थियो ।
बाबुलालले मृत्यु प्रमाणपत्र जारी गर्ने क्रममा मृतकको उज्ज्वल भविष्यको कामना गरे ।
सामाजिक सञ्जालमा प्रमाणपत्र भाइरल भएपछि गाउँप्रमुखले भूलका लागि माफी मागे र नयाँ मृत्यु प्रमाणपत्र जारी गरे । एजेन्सी




