जाडो याममा शरीरबाट पसिना कम निस्किने भएकाले पानी थोरै खाइन्छ । जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ । यस्तोमा तातो पानी खाने बानी बसाले बढी मात्रामा पानी खाइन्छ ।
थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ । – लुतोलगायत छालासम्बन्धी समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ । – तातो पानीमा अलिकति गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ ।
साथै, जीउ दुखेको पनि सञ्चो हुन्छ ।
तातो पानी खानाले शरीरमा रक्तसञ्चार सन्तुलित रहन्छ । – तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउने गर्नाले रोगप्रतिरोधी क्षमता बढ्छ । – बिहान उठेर तातो पानी पिउनाले दिसा खलास हुन्छ, जसले गर्दा कब्जियतको समस्या रहन पाउँदैन । – तातो पानी खानाले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ । मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोग लाग्ने जोखिम कम हुन्छ ।
श्वासप्रश्वास र किड्नीसम्बन्धी समस्या भएकाहरूले चिसो पानीको सट्टा मनतातो पानी पिउने गर्नुपर्छ । यस्तो समस्या भएकाहरूले चिसो पानी खाएमा किड्नी र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ । – चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्याबाट छुटकारा पाइन्छ ।



