पथरी: पथरी -उर्लावारी सडक खण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको भने एक जना गम्भिर घाइते भएका छन् । शनिवार विहान भएको दुर्घटनामा चितवनको भरतपुर ११ का २८ वर्षिय अजय अधिकारीको ज्यान गएको हो ।

घटना विवरण अनुसार पश्चिम वाट पुर्व आउदै गरेको प्र.न. १–०२–००१–ख ८०९१ को ट्रकले र सोहि दिशा तर्फ आउदै गरेको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको हो । सो दुर्घटनामा ठक्कर दिने ट्रकका चालकको मृत्यु भएको हो भने सहचालक अंकित जिएन घाइते भएका छन्। घाइतेको विर्तामोड स्थीत बि एण्ड सि अस्पतालमा उपचार भैइरहेको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृतक चालकको शब पोस्टमार्टमको लागि मंगलबारे अस्पतालमा लगिएको छ । कपुरी न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय