काठमाडौं । पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय  निर्वाचन आयोगले गरेको छ ।

मतपेटिका ओसार पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । २८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुने आयोगले जनाएको छ ।