भारतमा युवतीहरू कुमारित्वका लागि शल्यक्रिया गराइरहेका छन् । निम्मी (नाम परिवर्तन) एक निजी कम्पनीमा काम गर्छिन् । उनी विगत १० वर्षदेखि दिल्लीमा छिन् । जागिर गरिरहेकी उनलाई प्रेमीका बारेमा सोध्दा उनले भनिन्, ‘प्रेमी त धेरै बने अनि सम्बन्ध पनि कायम भयो तर मैले आफ्नो कुमारित्व बिहे गर्ने पुरुषका लागि जोगाएर राखेकी छु ।’

निम्मी बिहेसम्म कुमारित्व कायम राख्न चाहन्छिन् । निम्मी जस्ता युवतीहरूका लागि क्याजुअल सेक्स सामान्य कुरा हो र बिहेअघि सेक्स कुनै ठूलो कुरा हैन ।

त्यसैले त्यस्ता युवतीहरू आजकल हाइमनोप्लास्टी अर्थात् यौनकर्मपछि योनिभंगुर (हाइमन) पुनः कायम राख्नका लागि शल्यक्रिया गराइरहेका छन् ।

चिकित्सकहरूका अनुसार, विगत १५ वर्षमा हाइमनोप्लास्टीको चलन बढेको छ र अविवाहित युवतीहरू यस्तो सर्जरी गर्न बाक्लै आइरहेका छन् ।

युवतीहरूको योनिमा एउटा झिल्ली हुन्छ जसलाई हाइमन भनिन्छ । यौनकर्म गरेका वा खेलकुदमा लागेकाहरूको मेम्ब्रेन वा झिल्ली क्षतिग्रस्त हुन्छ । चिकित्सकहरूले त्यस झिल्लीलाई शल्यक्रियामार्फत रिस्टोर गरिदिन्छन् र त्यसलाई हाइमनोप्लास्टी भनिन्छ ।

त्यस्ता युवतीहरूलाई बिहेअघि यौनकर्ममा सक्रिय रहेको भनी पतिलाई थाहा दिन मन हुँदैन ।

चिकित्सकहरूका अनुसार, यस्ता शल्यक्रिया आधा घन्टामा पूरा हुन्छन् । ठूलो अस्पतालमा युवतीले शल्यक्रिया गराइन् भने दुई घन्टा अघि नै आएर पेपरवर्क पूरा गर्नुपर्छ । अनि उनीहरूलाई लोकल वा जनरल एनेस्थेसिया दिएर हाइमन रिस्टोर गरिन्छ ।

पितृसत्तात्मक सोचका कारण महिलाहरूले हाइमनोप्लास्टी गराइरहेका हुन् । यही सोचका कारण पुरुषहरू विशुद्ध कुमारीसँग विवाह गर्न चाहन्छन् । त्यसैले निम्मी जस्ता युवती आफ्नो कुमारित्वलाई सुहागरातका लागि बचाउन र पतिलाई त्यही कुमारित्व उपहारका रूपमा दिन चाहन्छन् ।

अनेकौं देशमा महिलाको कुमारित्वलाई पवित्रतासँग जोडेर हेरिन्छ । महिलाको इज्जतलाई यौनिकतामा सीमित गरिन्छ । त्यसैले पनि महिलाहरू कुमारित्वलाई कायम राख्न वा गुमेको कुमारित्वलाई फर्काउन शल्यक्रिया गर्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah