२६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोही दलका केन्द्रीय सदस्य मीन विश्वकर्माले १८ वर्ष पछि हुनलागेको स्थानीय तहको निर्वाचन सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।

निर्वाचनलाई महोत्सवको रुपमा लिएर शान्ति पूर्णरुपमा निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएका अष्टकुमार कवेंले नगरको विकासका लागि नेपाली काँग्रेस मात्र सक्षम भएको बताउनुभयो । उहाँले आफू विजयी भए एकवर्षभित्र जनताले अनुभूति गर्नेगरी नगरको विकासमा लागिपर्ने बताउनुभयो ।

काँग्रेससँग प्रतिस्पर्धामा उत्रिएको एमालेले पनि सोही नगरपालिकाको भुलाखेलमा चुनावी सभा गरेको छ । सभामा बोल्दै मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरपालिकाको भ्रष्टाचार हटाएर नगरपालिकालाई स्वच्छ रुपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले मध्यपुरथिमि नगरपालिका, कोरिया मैत्री अस्पताल, कमेरोटार जग्गा एकीकरण आयोजनालाई चुस्त बनाउने र मध्यपुरलाई पर्यटकीय, सांस्कृतिक नगरको रुपमा विकास गर्दै बाह्य तथा आन्तरिक रिङरोड बनाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार केदार खड्काले नगरको विकासका लागि वाम एकताको आवश्यकता महसुस गरी चुनावी मैदानमा आएको बताउनुभयो ।

आजै बिहान परको पानीको पर्वाह नगरी नेकपा एमाले र नेपाली काँग्रेसले घरदैलो अभियान तीव्र पारेका छन् । एमालेले मध्यपुर थिमिको निकोसेरादेखि, कमेरोटार, सिन्टिटार हँुदै मध्यपुरथिमिको विभिन्न क्षेत्रमा घरदैलो गर्दै भोट मागेका छ भने नेपाली काँग्रेसले पनि घदैलो अभियान अघि बढाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah