बुद्ध एयरले रुघाखोकी तथा ज्वरो आएकालाई हवाइ यात्रा नगर्न आग्रह गरेको छ। एयरले मंगलबार विज्ञप्ति जारी गर्दै ज्वरो आएका आफन्तलाई विमानस्थलमा पनि नआउन भनेको हो।

कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द गर्न सुझाउँदै टिकट रद्द गरेबापत नियमानुसार भाडा फिर्ता गरिने जनाएको छ।

कोरोना भाइरसको प्रकोप संसारभरि नै फैलिरहेकाले त्यसका लागि सबैले सावधान अपनाउनै पर्ने हुँदा मुख्य लक्ष्यण देखिएका व्यक्तिले जहाजको यात्रा नगर्न र विमानस्थल नगइदिन सूचनामा भनिएको छ।

यसअघि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरेको थियो।

साथै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको गरिएको विमानस्थलले जनाएको छ। लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah