काठमाडौं, १५ असोज । पासाङ ल्हामु यातायत सेवा समितिले नुवाकोट र रसुवामा एकाधिकार तोडिएको विरोधमा शुक्रबार यातायात ठप्प बनाएको छ ।

नुवाकोट रसुवामा ३२ वर्षदेखि एकलौटी बस सेवा सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले छुट्टै बस सञ्चालन गरेको विरोधमा पासाङल्हामुका बस सञ्चालक विरोधमा उत्रिएका छन् ।

बिहानैदेखि पासाङल्हामु यातायात सेवा समितिले एक सय ५० भन्दा धेरै बस सदरमुकाम बिदुरसहित आसपासका सडकमा तेर्साएर अवरोध गरेका थिए ।

काठमाडौंबाट नुवाकोट तथा रसुवाबाट काठमाडौंका लागि हिँडेका बस प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछि बीचबाटोमै रोकिएका छन् ।

पासाङ ल्हामु यातायात समितिले बस तेर्साएपछि अन्य सवारी साधनको आवतजावतमा समेत समस्या परेको छ । स्थानीय प्रशासनले हटाउन पहल नगरेको गेर्खुका डा. उद्धव प्याकुरेलले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर