काठमाडौं – हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।

यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।

दैनिक ४५ मिनेटसम्म हाँस्नाले मानिसमा भएको तनाव कम हुन्छ । साथै अप्ठेरा परीस्थितीसंग जुध्ने क्षमतामा वृद्धि गर्दछ ।

हाँसोले मानिसको ब्यक्तित्व समेत झल्कन्छ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यस्ता छन् हाँस्दा ७ फाइदा :

१. शरीरलाई आराम

हाँस्दा शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै यसले मांसपेशीलाई आराम दिलाउँछ । यसले शरीरलाई पुर्ण आराम गर्दछ ।

२. प्रतिरोधी क्षमतामा वृद्धि

अधिक तनाव हुँदा शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ । तर हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणबिरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ ।

३. तनाव भुलाउन सहयोगी

हाँस्ने मानिसहरुमा इन्डोर्फिन नामक रसायन वृद्धि हुनुका साथ तनाव र अनावश्यक चिन्ता कम हुन्छ ।

यसले मानिसलाई धेरै हदसम्म पीडा भुलाउन सहयोग गर्दछ ।

४. मुटुको रक्षक

हाँस्दा रक्तनलीमा सुधार भई रक्त सञ्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटु रोग लाग्ने सम्भावना समेत कम हुन्छ ।

५. वजन घट्दछ

दैनिक ४५ मिनेट हाँस्नाले निकै धेरै मात्रामा क्यालोरी कम हुन्छ । १० मिनेट मात्र हाँसेमा पनि ४० क्यालोरीसम्म घटाउन सकिन्छ ।

६. प्रसन्न बनाउँछ

हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मानिसलाई प्रसन्न पार्दछ ।

हाँस्ने बानीको बिकास गर्न सकेमा हर प्रकारका अप्ठ्यारासंग जुध्ने क्षमतामा वृद्धि हुन्छ ।

७. आयु बढाउँछ

नहाँस्ने भन्दा हाँस्ने मानिसको आयु बढि हुन्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ धेरै बाँचेको बिभिन्न अध्ययनहरुले पुष्टि समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah