भारतको गुडगाँवको एक प्रसिद्ध अस्पतालका चिकित्सकले रोगीको उपचारमा लापरवाही गरेको आरोप लागेको छ ।

पीडित परिवारले बताएअनुसार, जुन अर्थोपेडिक सर्जनको नाम लिएर उपचार गरियो ती डाक्टर अस्पतालमा थिएनन् । अपरेसन चल्दै गर्दा उनी फ्लाइट समातेर हिँडे ।

अपरेसनपछि बिरामीको रक्तचाप नियन्त्रणमा आएन र उसको मृत्यु भयो ।

अपरेसनपछि डाक्टरलाई भेट्न पाऔं भनी परिवारले अस्पताललाई भन्दा अस्पतालले डाक्टर उपस्थित छैनन् भन्यो । परिवारले हंगामा मच्चाउन थालेपछि अस्पताल व्यवस्थापनले घटनालाई सामसुम बनाउन खोज्यो ।

नौरंगपुर निवासी भीम सिंह शुक्रवार राति राजस्थानको रिंगसबाट हरियाणा फर्किरहेका थिए । बाटोमा उनको गाडीको टायर फाट्यो । उनले टायर बदलेर गाडीमा बस्दै गर्दा पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठोक्यो । उनको गोडा कुल्चिँदै ट्रक अगाडि बढ्यो ।

हतारहतार उनलाई कैलाश अस्पताल लगियो । त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई गुडगाँवस्थित आर्टिमिस अस्पतालमा रिफर गरियो ।

शनिवार बिहान ६ बजेतिर उनलाई आर्टिमिस लगियो । त्यहाँ भएका डाक्टरहरूले छिट्टै अपरेसन गर्नुपर्छ भने । अपरेसन अघि परिवारलाई तीन लाख भारु डिपोजिट गर्न लगाइयो ।

लगभग साढे १२ बजे अपरेसन थिएटरमा लगेर लगभग ४ बजेसम्म उपचार गरियो । अपरेसनपछि भेन्टिलेटरमा राखियो । परिवारले अपरेसन गर्ने डाक्टरसँग भेट्न चाहे तर अस्पताल व्यवस्थापनले डाक्टरलाई भेट्न दिएन ।

दुई घन्टासम्म चिकित्सकसँग भेट्ने कुरामा झगडा भइरह्यो । त्यसैबीच परिवारका अन्य सदस्यले अस्पतालको कर्मचारीसँग डाक्टरको जानकारी मागे । डाक्टरले आर्टिमिस हस्पिटलबाहेक गुडगाँवमा एक निजी क्लिनिक चलाउने गरेको थाहा लाग्यो ।

अनि ती डाक्टरको शनिवार दिउँसो ३ बजे फ्लाइट रहेको र उनी बाहिर गएको पनि थाहा भयो । परिवारका मानिस भन्छन्, ‘३ बजे फ्लाइट भएका डाक्टर १ बजेतिर त एयरपोर्ट जानका लागि निस्किए होलान् । अनि कसले उनको नाममा अपरेसन गरिरहेको थियो त ?’

यसैबीच आइतवार बिहान ७ बजे भीम सिंहलाई अस्पतालले मृत घोषणा गरिदियो । पोस्टमोर्टममा मल्टिपल इन्जुरीका कारण भीम सिंहको मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah