काठमाण्डाै – सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएकाे छ । ताेलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगाे भएकाे छ ।

सुन मङ्गलबार ताेलाकाे ८२ हजार सात सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि गएकाे आइतबार सुन ताेलाकाे ८२ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।