काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।