नेपाली बजारमा आज बिहीबार सुनमा एकै दिन ८०० ले गिरावट आएको छ ।

बुधबार प्रतितोला ८२ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै , तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ , भने चाँदी बुधवारको तुलनामा २० रुपैयाले घटेर प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ।