काठमाण्डौ – बिहीबार अमेरिकी डलरको भाउ केही घट्दा दिनार, रियाल र दिर्हाम लगायत अरु विदेशी मुद्राको भाउ पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा तोकेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०६ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ १३ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको थियो।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६९ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३११ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१३ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २२ पैसा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर