सामान्य भाषामा शरीर सामान्य तापक्रमभन्दा बढी तातो भयो भने ज्वरो आएको भनिन्छ।

शरीरको तापक्रम स्थिर हुन्छ। धेरैले ज्वरोलाई सामान्य रूपमा लिन्छन्। आज ज्वरो आयो भने भोलि ठीक होला भनेर स्वास्थ्य चौकी जाँदैनन्, केयर पनि कम गर्छन्। तर, यसो गर्नुहुँदैन। एक्कासि शरीरको तापक्रम बढेर ज्वरो आयो भने गाह्रो महसुस हुन्छ। यो मौसम पनि ज्वरो आउने सिजन हो ।

पानी पर्दै घाम लाग्दै गर्ने मौसममा ज्वरो आउने सम्भावना बढी रहन्छ। मौसम परिवर्तनको कारण हाम्रो शरीरमा रोगका कीटाणुहरू सक्रिय हुन्छन्।
मौसम परिवर्तन हुने समयमा हाम्रो शरीरमा झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोगहरू देखापर्छन्। त्यसमा सबैभन्दा बढी मानिसमा ज्वरो आउने गरेको छ।

खानेकुरामा ब्यालेन्स नमिल्दा, बाहिरको खानेकुरा खाँदा, बजारमा पाइने जंकफुडको अत्यधिक प्रयोगले पनि ज्वरो आउने गरेको छ। सकेसम्म यसलाई कमी गरौँ।
अहिले आउने ज्वरो सामान्य किसिमको हो । मौसम परिवर्तनका साथै बाहिरी खानेकुराको कारण पनि ज्वरोका बिरामी बढेका हुन्।

यो मौसममा आउने ज्वरो ५–६ दिनसम्म आउने गर्छ । रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने जोर्नीहरू दुख्नेजस्ता समस्या देखापर्छन्।

गर्मी मौसम सरुवा रोग अत्यधिक मात्रामा लाग्ने मौसम हो । त्यसैले खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ । पानी धेरै पिउनुपर्छ, तर सफा । माछा–मासु, फलफूल सेवनमा बढी जोड दिनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah