आचार्य चाणक्यले आफ्नो विचारलाई चाणक्य नीतिका रूपमा बिस्तार गरेका थिए । उनको नीतिका कारण चाणक्यलाई अहिले पनि विश्वभर पछ्याउने व्यक्तिहरू धेरै छन् ।

सयौं वर्षपछि पनि चाणक्य नीतिका बारेमा संसारभर चर्चा चल्ने गरेको छ । उनका कतिपय विचारहरू पनि अहिले समय सान्दर्भिक छन् ।

आचार्य चाणक्यले व्यक्तिको गुण र दोषको बारेमा बताउँदै एउटा श्लोक तयार पारेका थिए ।

को हि भार: समर्थनां कि दूरं व्यवसायिनाम् । को विदेश: सविद्यानां क: पर: प्रियवादिनाम् ।

यो श्लोकको अर्थ हो शक्तिशाली व्यक्तिका लागि कुनै पनि काम कठिन छैन । व्यापारीका लागि कुनै पनि ठाउँ टाढा हुँदैन । विद्वानका लागि विदेश पनि टाढा हुँदैन । मिठो बोल्नेहरूका लागि कोही पनि पराई हुँदैन, उसले सबैलाई आफ्नो बनाएको हुन्छ ।

आचार्य चाणक्यको यो नीतिले जीवनभर अगाडि बढ्ने प्रेरणा मिल्ने गर्छ । उनका अनुसार जो शक्तिशाली छ, उसले कुनै पनि काम गर्न सोच्नु पर्दैन, किनकी उसका लागि केही असम्भव छैन । त्यस्तै व्यापार गर्नेहरू जहाँ जान पनि तयार हुनुपर्छ । यदि कहीं जान तयार नभएको खण्डमा उसको व्यापार जम्ने देखिँदैन ।

त्यस्तै उनका अनुसार विद्वानहरूका लागि कुनै ठाउँ पनि टाढा हुँदैन । विद्या हासिल गर्न विदेश नै जानु परे पनि तयार हुनुपर्छ । त्यस्तै चाणक्यले मिठो बोल्नेहरूका लागि संसार आफ्नो हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah