काठमाडौँ । आज बिहीबार पुनः सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतितोला ७५ हजार तथा तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ रहेको छ । बुधबार छापावाल सुन प्रतिताला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

विश्वभर देखिएको कोरोनाको महाभारीले अन्तर्राष्ट्रिय बजारमा उतारचढाव भइरहेको र यसका प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah