काठमाण्डाै – सुनकाे भाउ आइतबार ताेलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ ताेलामा एक हजार रुपैयाँ बढेर ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शु्क्रबार सुन ताेलाकाे ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।