कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालनमा रहेका तरकारी बजार (सब्जीमण्डी) बन्द गर्न जिल्ला प्रशासन कार्यालयले शनिवार आदेश जारी गरेको छ ।

अर्को आदेश जारी नहुँदासम्म तरकारी बजार बन्द गर्न आदेश गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तरकारी बजारमा किनमेल गर्नेहरुको अनावश्यक भीड भएर कोरोना भाइरस (कोभिड–१९) को महामारीको जोखिम बढ्दै गएकाले तरकारी बजार बन्द गर्न आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको हस्ताक्षर भएको सूचनामा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनगर गरी जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण उद्योग, कलकारखाना, पसल बन्द भएको अवस्थामा मदिरा पसल सञ्चालन भइरहेको उजुरी आएकाले मदिरा पसल बन्द गर्न सार्वजनिक सूचनामा भनिएको छ ।

सूचनाको अवज्ञा गरेको पाइए कानून बमोजिम कारवाही गरिने जारी सूचनामा उल्लेख छ ।