लक डाउनमा काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा पाउने भएका छन् । कर्मचारी लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् । निश्चित स्थानका शाखामार्फत नगद कारोबार प्रदान भइरहेको छ ।

ती शाखामा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन बैंकहरुलाई सुझाएको बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनले सबै बंैकहरुलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिएको उनले बताए ।

विशेष सुविधा अन्तर्गत तालिममा पठाउने, प्रोत्साहन भत्ता दिने लगायतको व्यवस्था गरिने दाहालले बताए । उनले भने, ‘हामीले निर्देशन दिने होइन, आग्रह र सुझाव मात्र दिने हो । सबै बैंकले पालना गरुन् भन्ने हाम्रो चाहना हो ।’

सबै ठाउँमा बैंकको शाखा नखुल्ने भएकाले एटीएम, मोबाइल बैंकिङ, इन्टनेट बैकिङलाई प्राथमिकता दिन बैंकहरुले ग्राहकलाई भनिरहेका छन् । नेपाल राष्ट बैंकले एटीएम मार्फत नगद प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।

नगद मागमा चाप छैन
सीमित बैंकिङ सेवा मात्र खुल्ने भएपछि नगद झिक्नेको चाप हुने अनुमान भएपनि अन्य दिनको जस्तै अर्थात त्यो भन्दा पनि कम भएको सानिमा बैंकका सिइओ समेत रहेका दाहालले बताए । उनले भने, ‘हामीले नगद माग बढी होला की भनेर सोचेका थियौं । यस अघिनै आफूलाई चाहिने पैसा झिकेर ग्राहक बस्नुभो जस्तो छ । सानिमा बैंककै कुरा गर्नुहुन्छ भने एक सातामा एक करोड मात्र झिकिएको छ । यो सामान्य हो ।’

यता नबिल बैंकका सीईऋो अनिल केशरी शाह पनि नगद मागमा चाप नभएको बताउँछन् । उनी भन्छन्, ‘नगद मागमा चाप छैन । हामीले एटिएममा पैसा भरिरहेका छौं । जुनसुकै बैंकको एटीएम जतिवेला पनि खुल्ने भएपछि चाप हुने कुरै भएन । ’

लक डाउनका कारण ऋण प्रवाह नभएको उनले बताए । बैंक निकै कम कर्मचारीबाट सञ्चालित रहेको र धेरैजसो ग्राहक बैंक काउन्टरसम्म नपुगेको उनले बताए ।
राष्ट्र बैंकले सबै शाखा कार्यालयको सम्पर्क व्यक्ति तोक्न र उनीहरूको सम्पर्क नम्बर प्रकाशित गर्न पनि आग्रह गरेको छ । ग्राहकले त्यस्ता सम्पर्क व्यक्तिलाई फोन गरेर आफ्नो नजिकको कुन शाखा खुल्छ, कतिबेला खुल्छ र केके सुविधा पाइन्छ भन्ने सुझाव लिन सक्छन्।

प्रत्येक शाखाको मूल ढोकामा त्यस शाखाबाट प्रदान हुने सेवाको विवरण लेखेर सूचना टाँस्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ। त्यो शाखा नखुल्ने हो भने नजिकको कुन शाखा खुल्छ भन्ने पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah