काठमाडौं । प्रभु बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ । सरकारले खडा गरेको कोषमा बैंकले सो रकम प्रदान गरेको हो ।
सहायता रकमबराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कोषका सदस्य–सचिव नारायणप्रसाद बिडारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्तान्तरण गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि उपस्थिति थिए ।



