नुवाकोट । नुवाकोटको विदुर नगरपालिका दशमुरेमा  काँग्रेस कार्यकर्ता सुरेन्द्र अधिकारीलाई एक लाख नगदसहित नियन्त्रणमा लिइएको छ । बिहिबार राती एमाले कार्यकर्ता सञ्जु पण्डितको नेतृत्वमा गएको टोलिले कॉग्रेस कार्यकर्ता तथा मेयरका प्रत्यासीका भाइ अधिकारीलाई शंकास्पद एक लाख नगद सहित घेराहाली प्रहरीलाई जिम्मा लगाएको हो ।

घट्नाको सूचना पाउन साथ घटनास्थल पुगेको प्रहरीले एमाले कार्यकर्ताको घेरामा रहेका  काँग्रेस कार्यकर्ता अधिकारी लगायत तीन जनालाई सोधपुछ गरी स्थानीय सञ्चारकर्मीको रोहबरमा छाडेको छ । प्रहरीले अधिकारीको साथबाट एक लाख रुपैया सहित एक ह्याण्ड ब्याग बरामद गरेको पुष्टि गरेको छ ।

आवश्यक सोधपुछपछि नगद र ब्याग फिर्ता गरेको प्रहरीले जनता समाचारलाई जानकारी दिएको छ । तर नगद र ब्याग कसको हो भन्ने भने प्रहरीले खुलाएको छैन । यता एमालेका कार्यकर्ताहरुले भने काँग्रेस कार्यकर्ता अधिकारीले दलित बस्तीमा बाँड्ने उदेश्यले नगद लैजादै गरेको पूर्व सूचनाका अधारमा आफूहरुले घेरा हालिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah