अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच अफेयर चलिरहेको हल्लाले यतिबेला फिल्मवृत्त तातेको छ । पोखरामा एक फिल्मको सुटिङ सेटमै सौगातलाई भेट्न सृष्टि पुगेको खबरसमेत बाहिरिएको थियो । आइतवार फिल्म ‘झुम्की’ हेर्न उनीहरू राजधानीको कुमारी हलमा सँगै भेटिएपछि अफेयर चर्चा झन् चुलिएको छ । फिल्म ‘गाजलु’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री हुन्, सृष्टि । केही महिनाअघि फिल्मको रिलिजताका सृष्टिले मिडियासामु आफूलाई सौगात मन पर्ने र उनीसँग डेट जाने इच्छा जाहेर गरेकी थिइन् । त्यसो भनेको केही समयपछि नै उनीहरू नजिकिएको सौगात र सृष्टिनिकट बताउँछन् । निगम श्रेष्ठले निर्देशन गर्न लागेको फिल्म ‘लालपुर्जा’मा उनीहरू सँगै देखिनेसमेत बुझिएको छ ।
सौगात–सृष्टि ‘अफेयर’
सवाल नेपालसंवाददाताशनिबार, १४ असोज २०७३

सौगात–सृष्टि ‘अफेयर’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



