काठमाण्डाै - साउदीमा कोरोना सङ्क्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना सङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । निको भएका तीन जना काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन् । यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् ।

खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना सङ्क्रमित छन्  ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.facebook.com/nepalembassysaudiarabia/posts/3116046301795103