लण्डन : बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ । आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ । पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगे ।

प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् । संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् । ३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ‘द सन’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।

कोरोना संक्रमितले कौसीमा दौडिए म्याराथन

कोरोना भाइरसका कारण सिंगो संसार सन्त्रासमा छ। फ्रान्सको हालत पनि उस्तै छ। फ्रान्सेली नागरिक घरभित्र बस्न बाध्य छन्। एकान्तबासमा समय कटाउन मान्छेहरूले थुप्रै विधि आविष्कार गरेका छन्। जिन्दगी हो, यसले हार मान्दैन। विपद्मा मान्छे कहाँ चुपचाप बस्छ र ?

एक जना फ्रान्सेली नागरिकले आफ्नो अपार्टमेन्टको कौसीमा म्याराथन दौडिए। एलिसा नोकोमोभिजले सात मिटर लामो कौसीमा ४२.२ किलोमिटरको म्याराथन दौडिएका हुन्। यति सानो कौसीमा ओहोरदोहोर गरेर म्याराथन दौडिएका उनले आफ्नो दौड ज्यानको पर्वाह नगरी अरूको सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पण गरेको बताए। ‘यो शारीरिक र मानसिक चुनौती थियो,’ उनले आफ्ना तस्बिर अनलाइनमा साझा गर्दै भनेका छन्, ‘मेरो यो म्याराथन सम्पूर्ण स्वास्थ्यकर्मीप्रति समर्पित छ, जो आफ्नो जीवनको पर्वाह नगरी अरूको सेवामा अहोरात्र खटिरहेका छन्।’

फ्रान्सको दक्षिणी शहर तुलुजस्थित बाल्माका स्थानीय बासिन्दा एलिसालाई कौसीमा म्याराथन पूरा गर्न ६ घण्टा ४८ मिनेट लागेको थियो। दौडिँदा आफ्ना पदचापले छिमेकीलाई बाधा पु¥याउला कि भन्ने डर पनि थियो तर उनले म्याराथन पूरा गरिछाडे। ‘स्व–कारावासमा अलिकति रमाइलो गरूँ र फिट पनि रहूँ भनेर कौसीमा म्याराथन दौडिएको हुँ,’ उनले समाचार संस्था एएफपीसँग भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah