काठमाडौं । एनसेलले प्रिपेड ग्राहकले मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवा पाउने जनाएको छ । नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले शनिबारदेखि नयाँ योजना ल्याएको छ, जसअन्तर्गत डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्नेछन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले विश्व नै त्रसित भइरहेको विपतको परिस्थिति र लकडाउनले गर्दा ग्राहकहरूले सहज रूपमा आफ्ना परिवारका सदस्यहरू र साथीभाइहरूसँग सम्पर्कमा रहन तथा नव वर्षको शुभकामना आदानप्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाइ भोगिरहेको हुन सक्नले भएकाले यो योजना ल्याएको जनाएको छ ।
डेटा र एसएमएस सेवा प्याकका रूपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने गरी पहिलोपटक यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक करसहित २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफूसँग शून्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने जनाइएको छ । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनका लागि मान्य रहन्छ ।
आफ्नो आवश्यकताअनुसार एसएमएस सेवा मात्र पनि प्याक रूपमा लिन सक्छन् । लोनमा नै २५० वटा एसएमएस रहेको प्याक करसहित १० रुपैयाँमा सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहने एनसेलले जनाएको छ । दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरू सुचारु गर्न सक्ने जनाइएको छ ।



